सानुको पनि निधन भएपछि सारुकलाई नम्रताको श्रद्धाञ्जलि



अभिनेत्री नम्रता श्रेष्ठले सँगै काम गरेका अभिनेता स्व. सारुक ताम्राकारको आत्महत्याले आत्महत्या गरेको करिब दुई महिनापछि ताम्राकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन्।

पुत्रशोक सहन नसकी बिरामी परेर मृगौलासमेत गुमाएका अभिनेता तथा जादुगर सारुकका पिता सानु ताम्राकारको उपचारका क्रममा शनिबार निधन भएपछि नम्रताले आइतबार सामाजिक सञ्जाल फेसबुकमा सारुक र उनको पिताको तस्वीर राख्दै श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन्। सोमबार फरि फेसबुकमा एक लामो स्ट्याटस लेखेकी छिन्। नेपाली चलचित्र ह्यासट्याग मायाको छायांकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारुक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ। स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए। उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए। यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ, नम्रताले पुरुष प्रधान देशमा आफू महिला भएकै कारण आफूमाथि सामाजिक आक्रमण भएको जनाउँदै लेखेकी छन् मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु। म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक। म यस चलचित्रको एक कलाकार पनि थिएँ। सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा बयान दिनु स्वाभाविक थियो होला। तर, यहाँ एकतर्फी रुपमा केही मीभरका मान्छेहरु हात धोएरै लागे। त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ।

उनले अगाडि लेखेकी छन् सुसाइडजस्तो संवेदनशील विषयलाई ग्लोरीफाई गर्नु उचित हुँदैन। म आफै पनि मेन्टल हेल्थको सर्भाइबल र एड्भोकेट समेत भएकोले मैले सोचें कि, कसैको यस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित ठानिनँ । म घर अनि हस्पिटलतिर नै रहेँ। उनले फिल्मको टिम र शारुकको परिवारको सदस्यसँग आफ्ना परिवारका सदस्य र सहयोगीले शुरुका दिनमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको दाबीसमेत गर्दै फेसबुक स्ट्याटसमा लेखेकी छन् म आफू बिरामी नै थिएँ, परिवारकै रेखदेखमा रहेँ। जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो, म तुरुन्त प्रहरी कार्यालय हाजिर भएँ। यो घटनासम्बन्धी डिटेल इन्क्वायरी भयो। जे जे यथार्थ थियो र हो सबै बताएँ। सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबैजनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ। किनकि, सो चलचित्रको कलाकार म मात्र थिइनँ।

सारुकको निधनपछि त्यस फिल्मका निर्माता निर्देशक राजीव गुरुङले नम्रताले आफू र सारुकलाई दोलालघाट लगेर राति १२ बजे कालो बोका पूजा गरी बुटि बाँधिदिएको बताएका थिए। अहिलेको २१औं शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्तिसंगत हुन्छ होला? देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो, सबैलाई धर्म मान्ने स्वतन्त्रता छ। पूजा गर्ने गुरुलाई समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ, नम्रताले लेखेकी छन्।

आपूmले पहिले नै लेखेर राखे पनि परिवारको सल्लाहअनुसार पोस्ट अहिले पेस्ट गरेको जनाउँदै सोमबारको स्ट्याटसमा लेखेकी छन् ञअपराधी नउम्कियोस्, निर्दोष नफसोस्। जस्टिस फर सारुक। म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ।

प्रतिक्रिया दिनुहोस्