ऐंचो पैंचोले कलाकारमा जगाएको उत्साह र विश्वास



आगामी शुक्रबार अल नेपाल रिलिज हुन लागेको फिल्म ऐंचो पैंचोलार्ई लिएर यसका कलाकारहरु उत्साहित छन्। फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा यसका कलाकार तथा निर्देशकहरुले ऐंचो पैंचोलाई लिएर उत्साहित भएको जनाएका हुन्।

पत्रकार भेटघाटमा अभिनेत्री वर्षा राउतले फिल्ममा आप्mनो भूमिकाको समय सीमाभन्दा पनि भूमिका कत्तिको महङ्कवपूर्ण छ भन्ने कुराले माने राख्ने बताइन्। फिल्ममा कुनै पनि कलाकारको सिन पाँच मिनेट होस् या दुई मिनेटको होस्, त्यसको समयले भन्दा पनि त्यसले दर्शकको दिमागमा कत्तिको प्रभाव पार्छ भन्ने कुराचाहिँ कलाकारको लागि महत्वपूर्ण हुन्छ, फिल्मको टझेलरमा निकै सानो दृश्यमा अटाएकी वर्षाले भनिन्। बजारमा हल्ला चलेजस्तै फिल्मबाट आफ्नो भूमिका काटिएको सही नभएको भन्दै आफूलाई फिल्मकी निर्देशक कृषा चौलागाईंले अझै केही दृश्य थप्नुपर्ने भनिरहे पनि दृश्य धेरै भएकाले नथपेको बताइन्। ञकतिपय फिल्ममा लामो रोल भए पनि काम गर्नै मन नलाग्ने हुन्छ भने कुनैचाहिँ दुई मिनेटको भए पनि गरौं न त भन्ने हुन्छ। आफूले गरेको हरेक काममा आशा हुन्छ। तर, यो फिल्ममा अरुभन्दा बढी राम्रो काम गरेको छु की जस्तो लाग्छु वर्षाले केही समयको अन्तरालपछि आफ्नो अभिनय रहेको फिल्म आउन लागेकोमा उत्साहित रहेको जनाउँदै भनिन्।

फिल्मकी अर्की अभिनेत्री स्वस्तिमा खड्काले कुनै पनि फिल्ममा काम गर्नु अघि आफ्नो भूमिकाबारे राम्रोसँग बुझेर मात्र काम गर्ने हुनाले काम गर्दै जाँदा फिल्ममा छोटो या लामो रोल भएको विषयले कलाकार तथा निर्देशकबीच मनमुटाव नहुने बताइन्। हामीले फिल्ममा आफ्नो रोल सानो या ठूलो छ भनेर काम गर्ने होइन। त्यो रोल कतिको महत्वपूर्ण छ भनेर गर्ने हो। यदि, काम गरिसकेपछि पनि फिल्म राम्रो हुन्छ भने सिन र डाइलग काटिनु भनेको राम्रो हो। सिन र डाइलग धेरै राख्दा फिल्म राम्रो हुन्छ भन्ने कुरा वर्षौं पहिलेको हो। यसबाट हामी पनि मुभअन हुनुपर्छ, स्वस्तिमाले सुनाइन्। ऐंचो पैंचो सामाजिक कथामा बनेको फिल्म भएको जनाउँदै स्वस्तिमा भन्छिन् यो पोलिटिकल होइन, सोसियल ड्रमा हो। तर, यसमा कहिँ न कहिँ पोलिटिक्स जोडिएर आउँछ। समाजमा जनताले के कस्तो समस्या भोगिरहेका छन् भन्ने कुराले पोलिटिक्स पनि इन्भल्भ भएको हो, स्वस्तिमाले विद्यार्थी कालमा आपूmमा विकसित राजनीतिक धारणा सुनाउँदै भनिन् मेरो हुर्काइ नै पोलिटिक्स भनेको डर्टी गेम हो भन्ने हिसाबले भयो। थापाथली ईन्जिनिएरीध्र क्याम्पसमा पढ्दा त्यहाँ राजनीति एकदमै हावी थियो। कहिले कलेज बन्द गरिदिने, पढिरहेको विद्यार्थीलाई क्लासबाट निकालिदिने, टायर बाल्ने खालको गतिविधि देख्दा राजनीति भनेको यस्तो रहेछ भन्ने बुझाइ भयो। तर, अहिले आफू रेस्पोन्सिबल भोटर भएपछि आफ्नो उमेर अनुसारको बुझाइचाहिँ राजनीतिले त सबै क्षेत्रलाई अफेक्ट पार्ने रहेछ भन्ने छ। स्वस्तिमाले एउटा कलाकार भइसकेपछि जुनसुकै खालका भूमिका गर्नुपर्ने भन्दै महिला निर्देशकसँग काम गर्नु सहज हुने बताइन्। सिर्जनाको हिसाबले महिला र पुरुष निर्देशक बराबर हुन्छन् र हुनु पनि पर्छु उनले भनिन्।

अभिनेता मुकुन भुसालले पनि फिल्ममा कलाकारको दृश्यको समयभन्दा पनि भूमिकाले महङ्कव राख्ने बताए। कति सिन गरियोभन्दा पनि त्यो सिनले फिल्ममा कति प्रभाव छोड्यो भन्नेमा भर पर्छु आप्mनो तेस्रो फिल्म रिलिज हुन लागेको जनाउँदै उनले भने ञएक अर्कालाई साथ दिने हो भने चाहिँ सिनेमा बजार फस्टाउन समय लाग्दैन। फिल्मका अर्का अभिनेता कोशिश क्षेत्रीले फिल्ममा अभिनय गर्दा आफ्नो भूमिकाका कारण आफूमा नेता भएको अनुभव गरेको बताए। ञसानैदेखि राजनीति मेरो लागि होइन र मेरो लागि आवश्यक छैन भनेर हुर्किएको थिएँ। गीत संगीततिर लाग्न थालेँ तर उमेर बढ्दै जाँदा राजनीति भनेको तरकारी बजारदेखि राज्यसम्मलाई चाहिने कुरा रहेछ भन्ने कुरा बुझ्दै गएँ, उनले सुनाए।

फिल्मकी निर्देशक कृषा चौलागाईंले पारिवारिक फिल्म बनाउने क्रममा ऐंचो पैंचो निर्माण गरेको बताइन्। विगतमा केही एक्सपेरिमेन्टल मुभी पनि गरियो तर फेमिलीका साथ बसेर हेर्न सकिने खालको फिल्म बनाउने सोच थियो। यहि क्रममा दुई चारवटा स्क्रिप्ट हेरेपछि ऐंचो पैंचो बनेको हो। निर्देशक भएपछि मैले एक्सपिरिएन्स गरेँ कि फिल्म एक चोटी सेटमा र अर्को एडिटिङमा बन्दो रहेछ। फिल्मको लिंक खुल्ने भएकाले हामीलाई ट्रेलर काट्न नि गाह्रो भयो, कृषाले भनिन्।

मुकुन, कोशिश, स्वस्तिमा, वर्षाका साथ शुशील सिटौला, राजाराम पौडेल, श्रद्धा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रवीन्द्र झा, सुमन मोथेलगायतका कलाकारले अभिनय गरेको फिल्ममा कथा अभिमन्यु निरवी, कोरियोग्राफी कविराज गहतराज, छायाँकन निर्देशन पुरुषोत्तम प्रधान तथा सम्पादन विपिन मल्ल र भूपेन्द्र अधिकारीको छ। फिल्म प्रितम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्