मकवानपुरमा पहिलो फिल्म फेस्टिबल



हेटौंडा ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरमा निरन्तर क्रियाशील थाहा कलाकेन्द्रले ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नारासाथ मंसिर ९ गतेदेखि १५ गतेसम्म ‘थाहा फिल्म फेस्टिबल’ आयोजना गर्ने भएको छ । जसका वागमती प्रदेशको सस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको प्रत्यक्ष सहभागिता रहने छ ।

कलाकेन्द्रले आयोजना गर्ने फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेमा आयोजक विश्वस्त छ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्यमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो आदि क्षेत्रका दिग्गज कलाकारलाई थाहाबारे जानकारी गराउने राखिएको छ ।

थाहा नगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्बीर कार्यक्रमस्थलमा राखेर अवलोकन गर्न लगाउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकास“ग पारस्परिक गराउन प्रयास गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडिया निर्माता, निर्देशक तथा निर्माण समूहस‌ग विशेष अन्तत्र्रिया गर्ने उद्धेश्य पनि रहेको कलाकेन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले बताए ।

‘सम्भवतः मकवानपुरमा पहिलो पटक फिल्म फेस्टिबल आयोजना हुन लागेकाले पनि फेस्टिबलप्रति आकर्षित हुने देखिन्छ,’ शनिबार आयोजित पत्रकार सम्मेलनमा मोक्तानले भने–फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचरफिल्म र सर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौं ।

कार्यक्रमको कुल २७ लाख बढी अनुमान गरिएको छ । थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । प्राकृतिक एवम् भौगोलिक हिसाबले आकर्षक र मनमोहक क्षेत्रमा हाल पर्यटन प्रवद्र्धनका लागि विभिन्न निकाय विविध तवरबाट लागिपरेका छन् । थाहा नगर साबिक पहाडी गाविसहरु दामन, पालुङ, बज्रबाराही, चित्लाङ, टिष्टुङ र आग्राका सम्पूर्ण भुभाग मिलेर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्