इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धि फिर्ता लिनुपर्छ : सांसद पौडेल



काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सामान्य जनताको पहुँच भन्दा बाहिर जाने गरी अस्वाभाविक रूपमा शुल्कवृद्धि गरिएकोले फिर्ता गरिनुपर्ने माग गरेका हुन्।

संस्थानले आंगिक क्याम्पसमा स्नातक तहको शुल्कवृद्धि गरेको थियो। ३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थी संघसंगठनहरूले पनि शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्