कांग्रेसका मन्त्रीहरुको निष्कर्ष : चलखेल हुनसक्छ एमालेदेखि सचेत हुनु



काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुकाे सामूहिक छलफलले प्रधानमन्त्रीलाई बलियाे बनाएर जाने निष्कर्ष निकालेको छ ।

मंगलबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व बसेको बैठकले प्रधानमन्त्रीलाई बलियो बनाउने निष्कर्ष निकालेको छलफलमा सहभागी  मन्त्री सुरेन्द्र आचार्यले बताए ।

उनले भने- ‘प्रधानमन्त्रीलाई बलियो बनाएर जानुपर्छ । मन्त्रीहरुबीच एक आपसमा परिणाममुखी कामका लागि समन्वय गर्नुपर्छ भन्नेबारे छलफल भयो ।’ छलफलमा उपप्रधानमन्त्री खड्काले  पहिलोकै सहमति अनुसार गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।

“एमालेले अनेक वितण्डा गरिरहेको छ । संसदलाई बन्धक बनाउने अनेक काम भएको छ । एमालेले अनेक किसिमका चलखेल गर्दैछ । त्यसमा हामी सचेत हुनुपर्छ” खड्काले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्