सिडिएसीको सञ्चालकमा  दाहाल  मनोनयन



काठमाडौँ।

नेप्सेका सहायक प्रबन्धक तथा सुपरिवेक्षण प्रमुख गिरिराज दाहाल सिडिएसीको सञ्चालकमा मनोनयन भएका छन्  । नेप्सेको उच्च तहको कर्मचारी सिडिएसीको सञ्चालकमा मनोनयन हुने व्यवस्था बमोजिम दाहाल सिडिएसीको सञ्चालकमा मनोनयन भएका हुन्  ।सिडिएसीको नियमावली बमोजिम सञ्चालकको कार्यकाल ४ वर्ष रहने व्यवस्था छ ।

 व्यवस्थापन र कानुन विषयमा स्नातकोत्तर गरेका दाहालसँग नेप्सेको विभिन्न विभागहरूमा रही काम गरेको अनुभव छ । मेरो सेयरको सञ्चालन तथा व्यवस्थापन गर्ने आइपिओ भर्ने बाड्फाड गर्ने लगायत नेप्सेमा सूचीकृत २६० भन्दा बढी कम्पनीको शेयरको अभौतिकिकरण डिपोजिटरी गर्ने नेप्सेमा कारोबार भयका धितोपत्रको राफसाफ सेटल्मेन्टको काम सिडिसिले गर्दै आयको छ ।

कारीब ६० लाख डिम्याट खाता ५० लाख मेरो सेयर प्रयोगकर्ताको सञ्चालन र व्यवस्थापन ११ अरब किता सेयरको अभौतिकिकरण पनी सिडिएसीले गर्दै आयको छ। लगानिकर्ताहरुको धितोपत्रको खाता सञ्चालन र व्यवस्थापन गर्ने भयको हुँदा सिडिएसिलाई शेयरको बैंक पनि  भन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्