५ सय केजी पटाकासहित युवक पक्राउ



काठमाडौँ।

ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् ।

जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्