माछा मार्न नदीमा गएका युवा बेपत्ता 



धादिङ। 

त्रिशूली नदीमा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।  त्रिशूली झुल थापेर माछा मार्ने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

अन्य तीन जना साथीहरूसँगै माछा मार्न गएका कँडेल बेपत्ता भएका हुन्। प्रहरीले माछा मार्न प्रयोग भएको झुल फेला पारेको र सँगै गएका तीन जनालाई पक्राउ गरेको जैसवारले बताए ।

शनिबार दिउँसोदेखि बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्