लागूऔषधसहित कैलालीबाट एक महिला पक्राउ



धनगढी ।

 कैलालीबाट लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट २४ मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–२ की सीता चौधरीलाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो।

त्यस्तै चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको नाम लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाले नाम भने खुलाएको छैन्।

प्रतिक्रिया दिनुहोस्