पत्रकारआचार्यको निधन


काठमाडौँ।

पत्रकार, लेखक एवम् पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो।

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए।

विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए।

उनका श्रीमति, तीन छोरा र दुई छोरी छन्।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।