संसद्को अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख



काठमाडौं । झन्डै एक महिनायता अवरुद्ध संसद् खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले छलफल गर्दैछन् ।

आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डबीच छलफल हुँदैछ ।

सदन अवरोध भएपछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्