इंग्ल्यान्ड र अस्टे«लियाको खेल १ करोडले हेरे



लन्डन, (एजेन्सी) । बीबीसी टेलिभिजनमा महिला विश्वकपअन्तर्गत अस्टे«लिया र इंग्ल्यान्डबीचको सेमिफाइनल खेल हेर्नेको संख्या ७० लाखभन्दा बढी रहेको बताइएको छ । बुधबार भएको सो खेल जारी प्रतियोगितामा अहिलेसम्म धेरैले हेरेको खेल समेत थियो । बीबीसी टेलिभिजनमा ७३ लाखले हेरे भने बीबीसी आईप्लेयर र बीबीसी स्पोर्ट अनलाइनमा गरी ३८ लाख संख्याले सो खेल हेरेका थिए ।

यो खेलमा इंग्ल्यान्डले सहआयोजक राष्ट्रको टोली अस्टे«लियालाई ३–१ ले हराएको थियो । महिला युरोपेली विजेता टोली इंग्ल्यान्डका लागि एला टूने, लाउरेन हेम्प र एलेस्सिया रुसोले गोल गरे । सिड्नी रंगशालामा एक गोल अस्टे«लियाको लागि साम केरले गरिन् ।

इंग्ल्यान्ड विश्वकपको पुरुष र महिला प्रतियोगिता गरी १९६६ पछि हिलो पटक फाइनलमा पुगेको क्षण हो । सन् १९६६ मा इंग्ल्यान्डको पुरुष टोलीले उपाधि जितेपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सकेको थिएन ।

इंग्ल्यान्डकी कोच सरिना विइगम्यान यसअघि नेदरल्यान्ड्स टोलीको नेतृत्व गरिसकेकी छिन् । नेदरल्यान्डस् गत महिला विश्वकप २०१९ मा फाइनल पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । नेदरल्यान्डस् अमेरिकासँग पराजित भएको थियो । यसपटक इंग्ल्यान्डको सामना स्पेनसँग हुँदैछ ।

इंग्ल्यान्डमा झै अस्टे«लियामा पनि सो सेमिफाइनल खेल हेर्ने दर्शक धेरै रहेको छ । कुनै पनि खेलमा यो खेल सबैभन्दा हेरेको पनि जनाएको छ । अस्टे«लियाको संचारमाध्यमले जनाएअनुसार हेर्ने दर्शकको औसत १ करोडको हाराहारीमा रहेको थियो । यसले २००३ को पुरुष रग्बी विश्वकपको फाइनलमा हेरेको संख्यालाई छायामा पारेको पनि बताइएको छ । रग्बीको फाइनल हेर्नेको औसत ४० लाख रहेको थियो । यस्तै २००० ओलम्पिक्स सिड्नमिा क्याथी फ्रीम्यानले ४ सय मिटरमा स्वर्ण जितेको क्षणमा ८० लाख दर्शक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्