सुरक्षा पन्त जुलेबी पात्रको खोजीमा रत्नपार्क धाउँदा …



अभिनेत्री सुरक्षा पन्त आपूmले फरक खालको पात्रमा अभिनय गरेको फिल्म जुलेबीलाई लिएर उत्साहित छिन्। जुन फिल्म आज शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ।

गणेशदेव पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्म यौनकर्मी महिलाको विषयमा बनेको छ। सुरक्षा फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन्। जसको कथा राजधानीको रत्नपार्कसँग जोडिएको छ। फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको कठिन महशुस भएको सुरक्षाले सुनाइन्।

त्यसको कारण हो, समाजको संवेदनशील पात्रको भूमिका निर्वाह गर्दै थिएँ म। त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर थियो। उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम थियो। त्यसैले यो पात्रको तयारी गर्न गाह्रो हुने मलाई सुरुवातमै लागेको थियो, हरेक फिल्ममा चुनौती मोल्न तयार हुने सुरक्षाले जुलेबीमा पनि खास चुनौती मोल्न तयार भएको जनाउँदै भनिन् त्यसका लागि केही पूर्वंतयारी गर्नुपर्ने थियो। वास्तविक पात्र हेर्न रत्नपार्क पुगें। तर, त्यसरी त्यहाँ जाँदा पात्रसँग भेट्न पाइनँ। कोहीसँग बोल्न, कुरा गर्न पाइन। फिल्मकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो। उहाँले एउटा कलाकारका रुपमा चिन्नु हुँदो रहेछ। तपाईंको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो, सुरक्षाले थप सुनाइन् भेट्दाखेरी नै खुसी हुनुभयो। उहाँलाई विश्वास लाग्यो होला सायद। धेरै कुरा मज्जाले सेयर गर्नुभयो। त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो। एउटै पात्रलाई नियालेर बस्नु पर्दा बडी ल्याङवेजमा भने मलाई टफ भयो। यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाए पनि उनीहरुको बडी ल्याङवेज नियालेँ। धेरै पात्रबाट थोरै धेरै कुरा लिएँ र आफूलाई अर्कै प्mयुजन पात्रमा ढाल्दै गएँ।

सुरक्षाको तर्क छ ञकिनभने मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो। कोही पनि व्यक्तिलाई इंगित गरेको जस्तो नदेखिएको राम्रो। यो को हो, को हो भनेको जस्तो देखिनु अझ राम्रो हो। त्यसले संवेदनशीलता मेन्टेन गर्छ। फिल्मको यो पात्रको लागि मैले सबैबाट अलिअलि बडी ल्याङवेज लिएकी छु। यो केटी (पात्र) अलिकति हावा पनि छ, सिरियस पनि छ। उडाइदिइरहेको पनि हुन्छे। घरिघरि राम्री पनि देखिइरहेको छ, घरिघरि कस्तो नराम्रो देखिइरहेको छ। त्यसरी सबै प्mयुजन गरेर यो पात्र तयार गरेको हो।

यति धेरै मेहनत गरेको फिल्म सुरक्षाले डबिध्रका क्रममा हेरिन्। फिल्म हेरिसकेपछि कम्तीमा उनीचाहिँ यसबाट सन्तुष्ट छिन्। ञदर्शकलाई कस्तो लाग्ला, अहिले भन्न सक्दिन, म चाहिँ खुसी छु। फिल्मलाई लिएर सन्तुष्ट छु, सुरक्षा सुनाउँछिन्। फिल्मको कथा तहतहमा रहेको जनाउँदै सुरक्षाले सोही कारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुन सक्ने अपेक्षा सुनाइन्। फिल्मले रत्नपार्कसँग जोडिने शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षाले फेरि सुनाइन्। हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौँ, सबै सतही सतही भयो। जेलिएका सम्बन्धको बारेमा भित्री गहिराइसम्म पुगेका कथा खोई त भनेर फरक खोज्नुभएका दर्शकले अझ बढी रुचाउनुहुनेछ। क्रिटिक्सबाट राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु, सुरक्षा भन्छिन्।

सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापालगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। आभा शर्मा नेपालद्वारा निर्मित फिल्मको कार्यकारी निर्माता नविन भट्ट हुन्।

प्रतिक्रिया दिनुहोस्