सपनाको वेडिङमा सलोन र केकी



आगामी भाद्र ८ गते अल नेपाल रिलिज हुने अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म जय होमा समावेश सपनाको वेडिङ बिहीबार सार्वजनिक गरिएको छ।

गीतमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत र केकी अधिकारीको नोकझोक देखाइएको छ। गीतमा सलोनलाई रिसाएकी प्रेमिका फकाउँदै गरेको देखाइएको छ। गीतमा शब्द, संगीत र स्वर अभिनेता स्वयं सलोनकै छ। रोमान्टिक प्mलेवरमा तयार पारिएको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ। निर्माता निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म टेक पौरखी राईले निर्देशन गरेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा सुरज ल्वागन (सरकार) र राज के अधिकारीद्वारा निर्मित फिल्ममा सलोन र केकीका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरलगायतका कलाकारले अभिनय गरेका छन्।

सुरेश न्यौपानेको कथा लेखन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।

प्रतिक्रिया दिनुहोस्