कैलालीबाट दुई बालक बेपत्ता


धनगढी ।

कैलालीबाट दुई बालक बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक बेपत्ता भएका हुन्।

आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद वेपत्ता भएका छन्। उनीहरु कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए।

उनीहरू दुबै जना बुधबारदेखि वेपत्ता भएका हुन्। उनीहरू दुबै जना १२ वर्षिय हुन्। उनीहरूलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८४७५४५७७१ र ९८२१६४५०७६ मा सम्पर्क गर्न भनिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।