ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर



काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौँ १ गते शुक्रबारबाट लागू हुने गरी भदौं महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार साउन महिनाको तुलनामा भदौँ महिनामा ब्याजदर बढाइने भएको छ। बैंकले भदौँ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ।  बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ।

यसअघि असार महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो भने साउन महिनामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो।

बैंकले मुद्दति निक्षेपमा बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ। बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्‍याएको छ। यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो। बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्