विषालु सर्पको टोकाइबाट वृद्धाको मृत्यु 



सर्लाही।

विषालु सर्पको टोकाइबाट सर्लाहीको लालबन्दी नगरपालिका १०, मा एक जना वृद्धाको ज्यान गएको छ । बुधबार राति ७४ वर्षीया इन्द्रमाया श्रेष्ठलाई घरमा सुतेकै ठाउमा  विषालु गोमन सर्पको टोकाइबाट ज्यान गएको  हो ।

सर्पले टोकेपछि बेहोस भएकी  श्रेष्ठलाई  उपचारका लागि लालबन्दी- १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्‍याए लगत्तै  चिकित्सकले मृत घोषणा थिए ।
तराईका जिल्लामा  गर्मी बढेसँगै  विषालु सर्पको टोकाइबाट अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ।

प्रतिक्रिया दिनुहोस्