नक्कली भुटानी शरणार्थी प्रकरण : पुनरावेदनमाथि सुनुवाइ सकियो



काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।

नेपाल सरकारका निलम्बित सचिव टेकनारायाण पाण्डेसहित १० जनाको सुनुवाइ सकिएको अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता प्रेम खड्काले जानकारी दिए। उनका अनुसार केहीबेरमा आदेश आउने सम्भावना छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा निलम्बित सचिव पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा।ईन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदनमाथि सुनुवाइ भएको हो। उनीहरुविरुद्ध ठगी‚ लिखत किर्ते र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्