कैलालीको कैलारी गाउँपालिकाले दियो गुरही पर्वमा विदा



धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ।

थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउँदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्