आश्विन र कविता खोटाङ प्रतिभा



खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके) को सह आयोजनामा राजधानीमा सम्पन्न खोटाङ प्रतिभा–२०८० मा हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन्।

प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन्। नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख दुई हजार रुपैयाँ प्रदान गरिएको छ भने विजेता दुई प्रतिभालाई बेलायतमा हुने कार्यक्रममा लगिने पनि आयोजक समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी गराए। त्यस्तै, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद एक लाख एक हजार र ५१ हजार रुपैयाँ प्रदान गरिएको छ।

प्रतियोगितामा गायनतर्फ नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायिका कुन्ती मोक्तान र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी तथा नृत्यतर्फ नृत्य निर्देशक कमल राई, महेश गदार र रोहिया महर्जन निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्