सिन्धुलीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाइते 



सिन्धुली ।

सिन्धुलीमा सोमवार र मंगलवार भएको तीन छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मंगलवार सुनकोसी गाउँपालिका –५ मुल्कोट नजिकै बिपी राजमार्गमा ट्रकको पछाडि एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार चार जना घाइते भएका छन् ।

बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८८०० नम्बरको ट्रकको पछाडि सोही दिशाबाट जाँदै गरेको बा २ झ ३१०७ नम्बरको बर्दिबास नगरपालिकाको एम्बुलेन्स ठोकिदा तीन जना मध्यम घाइते र एक जना सामान्य घाइते भएका हुन् । घाइते चार जनाको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमवार राती बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –४ हिरा पानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

चियाबारी बाट सिन्धुलीमादी तर्फ आउँदै गर्दा ज १२ प ७६३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित सडकको नालामा खसी दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बिएनबि अस्पताल ललितपुर पठाइएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

सोमवार दिउँसो मध्य पहाडी लोक मार्ग अन्तर्गत फिक्कल गाउँपालिका – ४ खाङसाङ बजारमा टोएटा पिकप र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बिएबि ९७९३ नम्बरको टोएटा पिकप र विपरीत दिशाबाट आउँदै गरेको  ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाको बागमती प्रदेश ०२–००१–ब ६०२४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । उनीहरूको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्