बाघको आक्रमणबाट एक महिला घाइते


नवलपरासी।

पूर्वी नवलपरासीकाे विनयी त्रिवेणीमा साेमबार बाघले आक्रमण गरी  एक महिलालाई घाइते बनाएको छ ।

बाघको आक्रमण परी घाइते हुनेमा विनयी त्रिवेणी १ सिसेनी निवासी ४० वर्षीया पिथिमा दर्लामी मगर रहेको जिप्रका नवलपरासी पूर्वले जनाएकाे छ ।

स्थानीय भेडावनमा तीन जनाको साथमा घाँस काट्न जाँदा बाघले दर्लामीलाई अपराह्न पाैने बाह्र बजे हात  तथा खुट्टामा आक्रमण गरेको थियाे ।

घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल तर्फ  लगिएको उनकै छोरी भीमकला दर्लामीले बताइन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।