अनिश्चितकालीन बन्द फिर्ता



काठमाडौं ।

निजी विद्यालय सञ्चालकहरूले आइतबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय स्थगित भएको छ।

शुक्रबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री आशोक राई, मुख्य सचीव  बैकुण्ठ अर्याल, कानून, न्याय तथा संसदीय सचिव कमलशाली घिमिरे लगायतकाे बैठकले शैक्षिक गतिधि सञ्चाल गर्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिए।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनका अध्यक्ष ढुंगानाले बताए । उनले सरकारसँग वार्ता भइरहेको बताए ।

निजी विद्यालयमा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए । बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो । आफूहरू गुठीमा रुपान्तरण हुन तयार रहेको भन्दै लगानीको सुरक्षाको प्रत्याभूति खोजेको सञ्चालकहरूको भनाइ थियाे ।

ऐन सार्वजनिक नहुँदै तरंग- साउन २८ गतेबाट निजी विद्यालय अनिश्चितकालीन बन्द

प्रतिक्रिया दिनुहोस्