बायर्नको प्रस्ताव अस्विकार



लन्डन, (एजेन्सी) । टोटनहाम तथा इंग्ल्यान्ड फुटबल टोलीका स्ट्राइकर हेरी केनलाई बायर्न म्युनिखबाट आएको प्रस्ताव अस्विकार भएको छ ।

इंग्लिस प्रिमियर लिग क्लब टोटनहामले मूल्यको कारण ३० वर्षीय केनलाई आएको प्रस्ताव अस्विकार गरेको जनायो । जर्मन बुन्डेसलिगाको सर्वाधिक सफल क्लब बायर्नले इंग्ल्यान्डका कप्तान केनलाई सम्झौता गर्ने अपेक्षा राखेको थियो । यदि केनका लागि भएको प्रस्ताव सफल भएन भने अरु विकल्प खोज्ने पनि बायर्नले स्पष्ट पारेको छ ।

ट्रान्सफर विन्डोको अवधि अरु तीन साता बाँकी रहेको छ । सेप्टेम्बर १ भित्र टोटनहाम राजी भएमा ठिकै नत्र भने बायर्नले केनको लागि अरु प्रयास नगर्ने जनाएको हो । केनले टोटनहामका लागि सबै प्रतिस्पर्धामा गरी ४ सय ३५ खेलमा सहभागिता जनाएका छन् । उनले २ सय ८० गोल समेत गरेका छन् ।

केनको टोटनहामसँग एक वर्ष सम्झौता अवधि बाँकी रहेको छ । केनले अब सो क्लबसँग नवीकरण नगर्ने पनि स्पष्ट गरिसकेका छन् । उनी समय बढाउन चाहेका छ्रैनन् । बायर्नका अधिकारीहरुले टोटनहामका प्रमुख डेनियल लेभीसँग गत साता भेटेका थिए ।

टोटनहामले उनीहरुको प्रिमियर लिगको नयाँ सिजनमा १३ अगस्टमा खेल्नेछ । टोटनहामको प्रतिद्वन्द्वी ब्रेन्टफोर्ड रहेको छ । बायर्नले जर्मन सुपर कपमा आरबी लिइपजीगसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्