संसद् अवरोध हटाउनेबारे सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रीय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादी केन्द्रले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र विषय छनोट गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

गत साउन १२ गतेदेखि भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्