बहुचर्चित ललिता निवास प्रकरण : तीन पूर्वमन्त्रीलाई पक्राउ गर्न अदालतको अनुमति



काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित दुई पूर्वभूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पूर्व मन्त्रीत्रयलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्