प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

त्यस्तै संघीय संसद् सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्