संसद्को गतिरोध अन्त्य नहुने संकेत : एमालेद्वारा क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग कायमै



काठमाडौं । संघीय संसद्को माथिल्लो राष्ट्रिय तथा तल्लो सदन प्रतिनिधि सभाको बैठक एमालेले अवरोध गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले क्विन्टल सुन तस्कर प्रकरणमा मुछिएका दोषीहरूको कारबाहीका लागि उच्चस्तरीय छानबिन समितिको माग राख्दै दुवै संसद्को बैठक अवरोध गर्ने भएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय तथा प्रतिनिधि सभाको बैठक अवरोध गर्ने एमाले सांसद सूर्थ थापाले बताए ।

संसद् सत्तापक्षले नै चल्न नदिएको थापाको आरोप छ । क्विन्टल सुन तस्करमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन सरकार हिच्किचाईरहेको उनले बताए ।

थापाले सुन तस्कर प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । यदि सरकारले उक्त समिति गठन गर्न नसके दुवै सदन चल्न एमालेले नदिने थापाको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्