एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

हिजो (शनिबार)को बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए । आज बाँकी नेताले धारणा राख्नेछन् ।

बैठकमा बोल्ने नेताहरूले पार्टी क्षयीकरण हुँदै गएको बताएका छन् । पार्टीमा भित्रिनेभन्दा बाहिरिने क्रम बढेको भन्दै उनीहरुले पार्टीलाई सबलीकरण र चुस्तदुरुस्त बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्