उत्तराखण्ड पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीकार्य जारी



उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन–चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएका वा बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए। गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्