घुस लिएको भिडिओ भाइरल भएपछि २ जना प्रहरी निलम्बनमा



रौतहट । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसँग घुस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

महेन्द्र राजमार्गमा ड्युटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुई जना प्रहरी जवानलाई तत्कालै निलम्बन गरिएको हो ।

उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

यसरी प्रहरी प्रधान कार्यालयवाट निलम्बन परेको सूचना पाउनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडाअन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कायाृलय पथलैया बाराअन्तर्गतको सर्लाहीस्थित वागमती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन् ।

उनीहरूलाई निलम्बन गरेर थप छानबिन गरिराखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्