तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु



काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाब्–छोरीको मृत्यु भएको छ ।

हिजो (शनिबार) राति ९ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा बाबु–छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भाडामा बस्दै आएका नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङ रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

गणेशकी श्रीमती सञ्जु तामाङ सामान्य घाइते भएकी छिन् । मृतक बाबु–छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको भएको एसपी ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्