माओवादी केन्द्रको पदाधिकारी बैठक आह्वान, केन्द्रीय समितिको बैठक दिउँसो १ बजे



काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बस्दैछ । आज (आइतबार) दिउँसो १ बजे उक्त समितिको बैठक बस्ने भएको हो ।

गत बुधबारदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको आज अन्तिम दिन हो ।

आज बस्ने बैठकमा पनि केन्द्रीय समितिले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहने पार्टी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले न्यूज अफ नेपाललाई जानकारी दिए ।

महराका अनुसार सम्भवतः केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । अध्यक्षले जवाफ दिएसँगै बैठक सकिने छ ।

केन्द्रीय समितिको बैठक सकिएलगत्तै पार्टी पदाधिकारी बैठक बस्नेछ । बैठक आजै बिहान ८ बजे बस्नेछ ।

पदाधिकारी बैठकले जारी केन्द्रीय समितिको बैठकको समयावधि थप गर्ने वा नगर्ने विषमा निर्णय हुने उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बताए ।

प्रतिक्रिया दिनुहोस्