दोलखाको टोपाटारमा पहिरोले घर बगाउँदा ३ बेपत्ता, ३ जना घाइते, १५ घर विस्थापित



दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

तीनै जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए ।

पहिरोले तीन घर पुरिएको उनले बताए । घटनास्थल जाँदै छु, उनले भने, पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ । टेलिफोन सम्पर्क पनि हुन सकेको छैन ।

यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका दूई वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्