ओलीलाई भेट्न विश्वप्रकाशकी छोरी बालकोटमा, ‘बाको मुख हेर्ने’ दिनको निम्तो


काठमाडाैं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी कान्छी छोरी स्वीकृती आफ्ना केही साथीहरुसहित ओली निवास बालकोट पुगिन् ।

बुधबार उनी आफ्नाे  विद्यार्थीहरुसहित  बालकाेट पुगेकी हुन् । उनीहरुले ओलीलाई ‘बा’ सम्बोधन गर्दै खुलेर आफ्ना कुरा राखे । खासमा उनीहरु ‘एड टक्स’ नाम संगठनका तर्फबाट त्यहाँ गएका थिए ।

उनीहरुले ओलीलाई आउँदो भदौ २८ गते बुबाको मुख हेर्ने दिनमा आयोजना गर्ने विशेष कार्यक्रमको निम्तो दिएका छन् । ओलीले विद्यार्थीहरुको निम्तो सहजै स्वीकार गरे ।

एड टक्सले जनाएअनुसार ‘बासँग विद्यार्थी’ नाममा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । उक्त भेटघाटको भिडिओ टिकटकमा अपलोड गरिएको छ, जसलाई ओलीले आफ्नो पेजबाट शेयर गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।