माओवादी केन्द्रको बैठकमा मोबाइल अफ गर्नुपर्ने, लाइभ वा रेकर्ड गर्न नपाइने


काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मोबाइल अफ गर्नुपर्ने,  रेकर्ड वा लाइभ गर्न नपाइने  कडा बनाकाे छ । महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार महासचिव गुरुङले अध्यक्षले प्रतिवेदन पेस गरेपछि बोल्न चाहनेले नाम टिपाउनुपर्ने बताएका छन् । बोल्नका लागि पाँच मिनेटको समय तोकिएको छ भने पाँच मिनेट सकिएपछि माइक बन्द हुने नियम बनाइएको छ । साँझ ६ बजेसम्म बैठक सञ्चालन हुने र खाजा खानका लागि ४५ मिनेट ब्रेक दिइने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।