ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, कति पुग्यो ?



काठमाडौँ ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।

यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।

यस्तै हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्