नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा पनि हवाई सेवा दिइरहेको छ : उपप्रधानमन्त्री खड्का



काठमाडौं ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवाको निरीक्षण गरेका छन । सोमबार हवाई सेवा निरीक्षणका क्रममा अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गरेका छन् ।

अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले सधैं उच्च मूल्याङ्कन गरिरहेको बताए ।

रक्षामन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस् वा विपद् तथा उद्धारका काममा रातदिन खटिएर काम गरेकोमा नेपाली जनताले सधैं सम्मान गर्ने बताए ।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन र कार्यरत जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैं तयार रहने उनको भनाइ छ ।  उनले सेनाको हवाई सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्नेतिर बढी ध्यान दिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्