डा.केसीद्वारा सत्याग्रहको चेतावनी



काठमाडौँ।

डा.गोविन्द केसीले विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न सरसकार समक्ष माग गरेका छन् । उनले विगतमा चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौताकै आधारमा धेरै कामहरु भएपनि पूर्ण रुपमा महत्वपूर्ण सम्झौताका कार्यान्वयन भएकाले सरकारको ध्यानाकर्ष गराउँदै यही श्रावण २९ गते सम्म ती सम्झौता कार्यान्वयन नभएमा आफू आमरण अनसन बस्ने बताए ।

उनले सरकारले सम्झौता कार्यान्वयन गर्नुको सट्टा मेडिकल माफियाको स्वार्थमा लागेको आरोप लगाए । उनले सरकारका पदीय दायित्व निर्वाह गरेका व्यक्तिनै लोभ लालचमा परेका कारण देशको अवस्था र चिकित्सा शिक्षाका क्षेत्रमा विकृति भित्रिएको बताए ।

डा.केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त भनाई सार्वजनिक गरेका हुन् । उनले विज्ञप्ती जारी गर्दै नेपाल सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्ष गराउँदै तोकिएको समयमा कार्यान्वयन नभए साउन २९ गतेदेखि विगतमा भएका सम्झौता कार्यान्वयन गराउँनका लागि सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्