गृह मन्त्रालयको प्रवक्तामा भट्टराई



काठमाडौँ।

सहसचिव नारायण प्रसाद भट्टराईले गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका छन् । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले उक्त जिम्मेवारी पाएका हुन्।

सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए । गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।

भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्