महानगरले राप्रपाको कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताको अवरोध



काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय भत्काउने तयारी गरेको छ । सरकारी मापदण्डविपरीत बनाइएको धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताले अवरोध गरेका छन् । उनीहरुले सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन् ।

महानगरले आज सोमबार राप्रपाको पार्टी कार्यालय भत्काउने भन्दै केही दिन अघि जानकारी गराएको थियो । तर, महानगरको सूचनामा अटेर गरेपछि आज पार्टी कार्यालयमा डोजर लगाउन खोजेको हो ।

प्रतिक्रिया दिनुहोस्