मधेश प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा, अब को-को बन्दैछन् मन्त्री (नामावलीसहित)



काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एक जना राज्यमन्त्री फिर्ता बोलाएको छ ।

पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतका नेता बिपी साहले बताए । सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने उनको भनाइ छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार आजै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्