निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका ४ सांसद पुगे अदालत



काठमाडौँ।

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले आइतबार उच्च अदालत पाटनमा आयोगको निर्णयविरूद्ध रिट दर्ता गराएका हुन् ।

रिट दर्ता हुने प्रक्रियामा रहेको पाटन उच्च अदालतले जनाएको छ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।

उक्त सूचीमा रास्वपा सां‌सदहरू श्रेष्ठ, खनाल, पराजुली र गौतम पनि परेका थिए।

उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि आयोगले जरिवाना गरेपछि उनीहरूले विरोध गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्