प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो।

भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।

कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्