सारुक ताम्राकारको मोबाइलमा एक पाना लामो सुसाइड नोट

उनले नाेटमा भनेका छन् - ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस,



काठमाडौं ।

रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’ प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गरिरहेको थियो । त्यहीबीच सारुकको मोबाइल जाँचमा ‘सुसाइड नोट’ भेटिएको हो । अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्