भाङ्गे झरना पर्यटकको रोजाइमा : टिकटकरको अभिनय र युट्युवरको छायाँङ्कनले झनै चर्चामा



  रसुवा । जिल्लाको उतरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भाङगे झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

उक्त भाङ्गे झरना वेत्रावती बजारबाट करिव ५ किलोमिटरको दुरिमा पर्दछ । सामाजिक सञ्जाल (फेसबुक, इन्स्ट्रग्राम, ट्वीटर आदि)मा झरनाको तस्विर पोष्ट गर्नु र टिकटकरहरूको अभिनय र युट्युवरको छायाँङ्कनबाटै भाइरल भएपछि झरना हेर्न आउनेको संख्या ह्वात्तै बढेको छ ।

झरनाको सतहबाट माथि नियाल्दा चलचित्रमा देखाइने विभिन्न झरनाको दृष्यभन्दा झनै मनमोहक देखिने भाङ्गे झरनामा हाल दिनहुँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

यस झरनामा रसुवा, नुवाकोट, धादिङ काठमाडौं, मकवानपुरलगाएतका थुप्रै जिल्लाबाट हजारौं संख्यामा आउन थालेका छन् ।

बेत्रावति–मैलुङ–स्याफ्रुवेसी सडक खण्डमा पर्ने यो झरना मनोरञ्जन लिनेहरूका लागि आकर्षक बन्दै गएको छ ।

यस ठाउँको पूर्वाधार विकासका लागि उतरगया गाउँपालिकाले डिपिआर तयार गरिसकेको छ ।

आगामी आर्थिक वर्षदेखि यस ठाउँमा मनोरञ्जन लिन आउनेहरूका लागि आवश्यकता हेरेर आवश्यक पूर्वाधार निर्माण गर्ने बताइएको छ ।

भाङ्गे झरनालाई पर्यटन पर्वद्धनका लागि उतरगया गाउँपालिकाले पूर्वाधार निर्माण गर्ने हो भने यस ठाउँमा आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि पनि हव नै बन्नसक्छ भने यस क्षेत्रमा मानिसहरूको आयस्रोत पनि बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्