सुन तस्करी प्रकरण : होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ


काठमाडौं ।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ। उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।