१ सय किलो सुन प्रकरण : राजश्व अनुसन्धानद्वारा टोखामा छापा, ठूलो गोदाम फेला



काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ । हिजो (शनिबार) बेलुका ५ बजे अनुसन्धान विभागले छापा हानेको थियो ।

अनुसन्धान अधिकारीहरूका अनुसार ठूलठूला सुन पगाल्ने र गलाउने मेसिन फेला परेका छन् । ‘यहाँको अवस्था हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो, यहाँ ठूल्ठूला सुन पगाल्ने मेसिनहरू फेला परेका छन् ।’

यसअघि हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर थियो ।

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

यस प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना पक्राउ परेका छन् भने अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्