रास्वपा संसदीय दलको बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बसेको छ ।

आज (सोमबार) बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त बैठक बसेको हो ।

बैठकमा गत साउन ९ गते बसेको बैठककै विषयमा छलफल हुने सचेत निशा डाँगीले जानकारी दिइन् ।

संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्