खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


खोटाङ ।

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहिबार दिउँसो करिब सवा १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए ।

उपचारका लागि धरान लानेक्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उदयपुरको साउनेमा पुगेपछि राती ८ः३० बजे मृत्यु भएका ट्याक्टर चालक तामाङको पोष्टमार्टमका लागि इन्द्रेणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ ।

खोटाङ बजारमा पानी बोक्ने ट्यांकी छाडेर फर्किने क्रममा दुर्घटना भएको हो । ट्याक्टरमा चालक तामाङ मात्रै सवार रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।